आज देखि ललितपुरको लेले-लगनखेल-रत्नपार्क रुटमा साझाले बस चलाउने

काठमाडौं । साझा यातायातले बिहीबार आज देखि ललितपुरका शहरउन्मुखसहित भित्रि शहरी क्षेत्रलाई काठमाडौं शहरसँग जोड्ने गरी नयाँ रुटमा बस सेवा थाल्ने भएको छ ।

साझाले ललितपुरको लेले–टीकाभैरव–चापागाउँ–थेचो–सुनाकोठी–लगनखेल–जवालाखेल–कुपन्डोल–त्रिपुरेश्वर– सुन्धारा–जमल–पुरानो बसपार्क रत्नपार्क रुटमा सेवा थाल्न लागेको हो ।

४० वटा नयाँ बिजुली बस किनेपछि साझा यातायातले  नयाँ रुटहरुमा सेवा विस्तार गरिरहेको छ । यसअघि साझाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सम्पदा क्षेत्रलाई लक्षित गरेर ‘हप अन हप अफ’ बस सेवा थालेको थियो ।

चीनको सीएचटीसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ हरोड ८३ लाख ४५हजार ७३२ रुपैयाँको लागतमा किनेको थियो । ३० असार २०७६ मा तत्कालीन केपी ओली नेतृत्व सरकारले बिजुलीबाट चल्ने सार्वजनिक यातायातको प्रोत्साहन गर्न साझा यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो ।

यही बजेटबाट थप ६०–८० बस अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट खरिद गर्न अध्ययन टोली गठन गरिसकेको साझा यातायात संघीय सरकारसँग चार्जिङको लागि डिपोको लागि जग्गा माग गरिरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->