काठमाडौँ । बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म पठानु जापानमा प्रदर्शन हुने भएको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार जापनिज सबटाइटलसहित फिल्म सेक्टेम्बर १ अर्थात भदौ १ गतेदेखि प्रदर्शन हुनेछ। पठानु भारतमा सबैभन्दा बढी कमाउने हिन्दी फिल्म हो।
फिल्मले हिन्दी बक्स अफिसमा ५४३ करोड ५ लाख भारू कमाएको छ। यसअघि यो रेकर्ड दक्षिण भारतीय फिल्म बाहुबली २ु को नाममा थियो। पठानु ले विश्वभरबाट १ हजार करोड भारूमाथि कमाइ गरेको छ।
सन् २०१७ मा प्रदर्शन भएको बाहुबलीु ले हिन्दी बक्स अफिसमा ५१०.९९ करोड कमाएको थियो। यसरी शाहरूख खानको फिल्मले करिब ६ वर्ष पुरानो प्रभासको फिल्म ुबाहुबली २ु को कीर्तिमान तोडेका हुन्।
