कांग्रेस नेता उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने,राप्रपाले गरेन समर्थन

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुको पनि समर्थन लिएर थापा बिहीबार साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जान लागेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ ९२० अनुसार बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार साढे ४ बजे थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए । उनले सभामुखसहित ४७ जना सांसदको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भएको पनि बताए ।

कोशी प्रदेशसभाका ९३ सांसदमध्ये कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन थापालाई छ । कांग्रेसले राप्रपाको पनि समर्थन लिने प्रयास गरे पनि सफल हुन सकेन ।

बिहीबार विहानसम्म राप्रपालार्ई गठबन्धनमा ल्याउन प्रयास गरेको थियो । तर राप्रपाले समर्थन गर्न नसक्ने बताइन् । राप्रपा सांसद सविना बजगाईले सरकारलाई समर्थन नगर्न निर्देशन आएको बताइन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->