काठमाडौं । हालसालै भियतनामले बार्बी फिल्मलाई प्रतिबन्ध लगाएसँगै साउथ चाइना सीबारेको विवाद सतहमा आएको छ ।
हलिवुड चलचित्रले साउथ चाइना सीको सीमाका लागि चीनले अघि सारेको ९ धर्काको अवधारणालाई प्रवर्द्धन गरेको भन्दै भितनाममा बार्बीलाई प्रतिबन्ध लागेको हो । यस्तै कोरियन पप समूह ब्ल्याकपिंक पनि यस्तै आरोपबाट गुज्रियो ।
साउथ चाइना सीको सीमाबारेको विवाद शताब्दीदेखि जारी छ । त्यस इलाकालाई लिएर तनाव भने हालैका वर्षदेखि बढेको हो । यस टापुको विभिन्न क्षेत्रलाई लिएर विभिन्न मुलुकको दाबी छ ।
रणनीतिक महत्वको यस क्षेत्रमा चीनले आफ्नो प्रभाव र शक्ति विस्तारगरेसँगै यस टापुसँग सरोकार राख्ने मुलुक फलिपिन्स, भियतनाम, ताइवान, मलेसिया र ब्रुनाइ चीनसँग रुष्ट छन् ।
साउथ चाइना सी ढुवानीको मुख्य नाका हो । विश्व व्यापारको २१ प्रतिशत सामाग्री यहाँबाट विभिन्न मुलुक पुग्ने गरेको तथ्यांक छ । संयुक्त राष्ट्रसंघको वाणिज्य तथा विकास सम्मेलनमा प्रस्तुत विवरण अनुसार ३ खर्ब ३७ अर्ब डलर बराबरको कारोबार यो नाकाबाट हुने गरेको छ ।
यस्तै विश्वमा खपत हुने सामुन्द्रिक जीवको मासु मध्ये आधा यसै इलाकाबाट मारिने तथ्यांक छ । माछा सहित अन्य जीव मारेर साउथ चाइना सी वरपर लाखौँले रोजगार पाएका छन् ।
यसको वरपर प्राकृतिक खनिज पनि प्रशस्तै छन् । त्यस इलाकामा कमै उत्खनन् भएपनि वरपरका मुलुकले बहुमुल्य सामाग्री उत्खनन् गरेका छन् ।
साउथ चाइन सीको कुल क्षेत्रफेलमध्ये चीनले सबैभन्दा बढी आफ्नो दाबी गरिरहेको छ । चीनको हैनान प्रान्तबाट पूर्वी र दक्षिणी भेगको इलाकामा उसले दाबी गरेको हो ।
सन् १९४७ को नक्साका आधारमा चीनले धेरै भुभागमा आफ्नो दाबी गरिरहेको हो जस अन्तर्गत उसले पारासेल र स्प्रेटली टापु पनि आफ्नो दाबी गर्दै आएको छ । यता ताइवानले पनि उस्तै जिकिर गर्दै आएको छ ।
यता फिलिपिन्सले पनि आफ्नो दाबी छोडेको छैन । चीनतर्फ पर्ने स्कारबोरो र ह्युनग्यान टापुमा फिलिपिन्सको दाबी छ । यता भियतनामले पनि १७ औँ शताब्दीको दस्तावेजनले पारासेल र स्प्रेटली आफ्नोमा पर्ने र त्यसलाई प्रमाणित गर्ने बताइरहेको छ ।
एजेन्सी बाट
