काठमाडौं ।शुक्रबार स्वस्तिमा खड्का र मुकुन भुसाल स्टारर फिल्म ‘ऐंचो पैंचो’को आधिकारिक टिजर सार्वजनिक भएको छ ।
एक मिनेट लामो टिजरले फिल्मको सेटिङ, परिवेश, केन्द्रीय द्वन्द्व र चरित्र चित्रणबारे केही संकेत दिन्छ । पूर्वी मधेशमा छायांकन गरिएको फिल्मको टिजरले गाउँको चुनावी माहोल दर्शाएको छ ।
स्वस्तिमाले बाइक हाँकेको दृश्यसँगै टिजर सुरु हुन्छ र चुनावी माहोलमा रमाउँदै अनुहारमा रङ पोतेको दृश्यसँगै टिजर समाप्त हुन्छ । टिजरमा लिड एक्टर मुकुन कुनै कुराको लागि आक्रोशित र भागिरहेको देखिन्छ ।
तर ठ्याक्कै उनको पात्रको यही लक्ष्य हो भन्ने कुरा यकिन छैन । टिजरमा फिल्मका केही झलक देखाइएको छ ।
