दुई विदेशी फिल्म प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि नेपालमा दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन् ।

नेपाली फिल्म नभएको यो साता एक अमेरिकी र एक भारतीय फिल्म रिलिज भएका हुन् ।

सुपरन्याचुरल र हरर जनराको फिल्म रुचाउने दर्शकलाई ‘इन्साइडियस स् द रेड डोर’ आकर्षक लाग्न सक्छ ।

थ्रिलर र एक्सन रुचाउनेलाई दक्षिण भारतीय फिल्म ‘स्पाइ’ रुचिकर हुन सक्छ । सुपरन्याचुरल र हरर जनरामा राखिएको हलिउड फिल्म ‘इन्साइडियस स् द रेड डोर’लाई प्याट्रिक विल्सनले निर्देशन गरेका हुन् ।

टाय सिम्पकिन्स, प्याट्रिक विल्सन र हिम अब्बासको अभिनय रहेको यो फिल्मको लम्बाइ १०७ मिनेट छ । सन् २०१३ मा रिलिज भएको ‘इन्साइडिस स् च्याप्टर २’ को यो नयाँ श्रृंखला हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->