काठमाडौं । अमेरिकाको न्युजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गरेका नेपालीहरु संगठित भएका छन् ।
व्यवसायिक हकहितकका लागि उनीहरुले ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्स स्थापना गरेका छन् ।
दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
सदस्यहरूमा नवीन क्षेत्री, लेलिन कँडेल, अमित प्रताप शाह, छेपाक दोर्जे गुरुङ, माम्पी घोष, अन्जन श्रेष्ठ, गोविन्द लामा, मनिता देवि गुरुङ, दीपक श्रेष्ठ र च्छोमो डजेल रहेका छन ।
सल्लाहकार समितिमा कानुन व्यवसायी खगेन् जिसी, डा विनोद शाह, नवीन शेरचन, नवराज केसी, पासाङ नुरु शेर्पा र जंगबहादुर बम छन् ।
