डोटीमा घर भत्किँदा एक जनाको मृत्यु

डोटी । डोटीमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।

दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो ।

शनिबार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमाण्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव निकालेको थियो।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->