काठमाडौँ । विवादास्पद हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् ।
चलचित्र हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि शुक्लाले माफी मागेका हुन् ।
शनिबार बिहान ट्विट गर्दै मनोजले भनेका छन्, ‘म बिना शर्त माफी माग्छु ।
आदिपुरुष फिल्मले जनताको भावनामा चोट पुर्याएको म स्वीकार गर्छु । मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निस्शर्त माफी चाहन्छु। भगवान् बजरङ्ग बालीले हामी सबैको कल्याण गरून्,
हामीलाई एक र अटुट रहन र हाम्रो पवित्र शाश्वत र महान् देशको सेवा गर्ने शक्ति दिनुहोस्१ चलचित्र आदिपुरुषको संवादलाई लिएर विवाद भएपछि मनोज मुन्तासिरले आफ्नो लेखनको बचाउ गर्दै आएका थिए ।
