विद्यार्थीले आफ्नो लक्ष्य निर्धारण गरी कलेज छनोट गर्नु पर्छः हेरम्बराज कंडेल (भिडियो सहित)

 एसईईको परिक्षाको नतिजा पछि अहिले अभिभावक र विद्यार्थी के पढ्ने र कुन कलेज भर्ना गर्ने भन्ने अन्योलमा हुन सक्छन् यसैलाई मध्येनजर गरी विश्व निकेतन माध्यमिक विद्यालयका प्रध्यानाध्यापक हेरम्वराज कंडेल ज्यु संग गरिएको कुराकानी संक्षिप्त रुपमा ;

“एसईईको नतिजा सार्वजनि भईसकेको छ, अभिभावकहरु आफ्नो बच्चाको परिक्षा फल प्रति सन्तुष्ट देखिदैँनन् नि? ”

“हो,अहिले अभिभावकहरुमा मेरो बच्चा अंग्रेजीमा राम्रो अरुमा खत्तम भन्ने स्वभाव छ, तर अहिले विद्यार्थीहरु कुनै विषयमा कमजोर छैनन् । नम्बरका आधारमा पढ्न नपाउने होईन त्यसैले यति उति प्रतिशत अंक आयो भनेर बच्चाले थाहा पाउँदैन, अर्को कुरा ए प्लस आयो सबै विषयमा अझ त्यो भन्दा माथि ल्यायो भन्दा पनि त्यो सय प्रतिशत आएको होइन यसमा नब्वेदेखि सयको बिचमा जुन पनि हुन सक्छ, बच्चाले यसमा इन्फेरीएर महसुस नगरोस भनेर यस्तो गरिएको हो त्यसैले यस्ता कुराहरु अभिभावकलाई पनि बुझाउन जरुरी छ ।

“जीपीएको आधारमा विद्यार्थीले आफ्नो बिषयवस्तु कसरी छनोट गर्न सक्छन्?”

“१.६ भन्दा माथी ल्याउने विद्यार्थीहरुले म्यानेजमेन्ट, कानुन, एजुकेशन, मानविकी पढ्न पाउँछन्,
“त्यसै गरी २ जीपीएल भन्दा माथि आउने विद्यार्थीहरुले प्राविधिक विषय पढ्न पाउँछन् साथै विज्ञान, गणितमा सी प्लस आएको हुनु पर्छ , तर जुन ग्रेड आएपनि उनीहरुले पढ्न सक्छन् किनकी उसको रुचीको विषयमा उसले राम्रो ग्रेड ल्याएको हुन्छ ।

विद्यार्थीले भने लक्ष्य निर्धारण गरेर अव विषय बस्तुको छनोट गर्नुपर्छ ।“

“अव विद्यार्थीहरुले कलेज छनोट कसरी गर्ने?”
“विभिन्न विद्यालयहरुमा त्यहाँ अनुभवी योग्यता पुगेका शिक्षक छन् की छैनन्, भौतिक पुर्वाधारको व्यबस्था,ल्यावको के कस्तो छ, खानेपानी, हाईजिन मेन्टेन गरेको क्यान्टीन,शैक्षिक संस्थागत विद्यालय  कति वर्षदेखि सञ्चालित हो, लगाएतको कुरा बुझेर मात्र कलेज भर्ना गर्नु पर्छ ।  अहिले सामुदायीक विद्यालयहरु पनि प्रतिस्पर्धामा छन्, हामीले त्यता तिरपनि ध्यान दिनु पर्छ ।

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->