अञ्जु पन्त र प्रताप दासको स्वरमा शुक्रबार सार्वजनिक भएको गीत ‘आमा २’ सार्वजनिक भएको छ ।
सुदन खत्रीको शब्द रचना, रोशन सिंहको संगीत र विशाल निरौलाको एरेन्ज रहेको गीतले वैदेशिक रोजगारीमा रहेको छोरा र गाउँमा रहेकी आमाको कथा भनिरहेको छ ।
ऋण गरेर कमाउन गएको छोराले विदेशी मुलुकमा भोग्नुपरेको मानसिक र शारीरिक पीडा अनि गाउँमा रहेकी आमाले भोग्नुपर्ने साहुको अत्याचारलाई गीतको भिडियोमा मार्मिक ढंगले उनिएको छ ।
यो टिमले करिब एक वर्षअघि ‘आमा’ गीत ल्याएको थियो ।
