काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७७ औँ जन्मदिनको अवसरमा शुभकामना र अभिनन्दनका लागि शनिबार निर्मल निवासमा पुगेका राजावादीहरुलाई प्रवेश निषेध गरिएको हो।
निर्मल निवासमा प्रवेश नदिइएपछि गेटमै पूर्वराजाको नाममा पुष्पगुच्छा र अभिनन्दनपत्र बुझाएर राजावादीहरु फर्किएका छन् । पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीहरुले एक समितिनै गठन गरेका थिए ।
सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुग्दा ज्ञानेन्द्र शाह भने त्यहाँ थिएनन् ।
पूर्वराजा नभएको भन्दै उनीहरुलाई प्रवेश पनि नदिइएको हो ।
