युरोपका विभिन्न मुलुकबाट ४० हजार नेपाली कामदारको माग

काठमाडौँ । युरोपका विभिन्न मुलुकबाट ४० हजार नेपाली कामदारको माग छ ।

रोमानिया, पोर्चुगल, माल्टा, पोल्यान्ड लगायतका देशबाट ४० हजार नेपाली कामदारको माग आएको हो । तर, दूतावासले माग प्रमाणीकरण नगरिदिँदा ती मागहरू लामो समयदेखि थन्किएर बसेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले ४० को डिमान्ड दूतावासबाट प्रमाणीकरण नहुँदा एप्रुभ हुन नसकेको बताए । जसले गर्दा संस्थागत तबरबाट युरोप जान चाहने नेपाली श्रमिक जान नपाएको उनको भनाइ छ ।

पछिल्लो समय नेपालीहरूको रोजाई युरोप छ । युरोपका विभिन्न देशहरूमा लाखौं तिरेर दलाल मार्फत जाने गरेका छन् । जसले गर्दा ठगीका घटना समेत बढ्दो क्रममा देखिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->