मकवानपुर । बागमती प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी कार्ययोजना निर्माण गरेको छ । प्रदेश सरकारले मनसुन सुरु भएलगत्तै विपद् पूर्व तयारी कार्ययोजना निर्माण गरेको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारितसमेत गरेको छ ।

कार्यकारी समितिको बैठकले आवश्यक छलफल तथा अध्ययन अनुसन्धान गरी प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई न्यून गर्न अपनाउनु पर्ने सावधानी, पूर्वतयारी र उद्धार सम्बन्धी प्रतिकार्यको योजना निर्माण गरेको मन्त्री श्रेष्ठले बताए ।
