अमेरिकी राष्ट्रपति जो बाइडेन राजा चार्ल्सलाई भेट्न बेलायत प्रस्थान

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन राजा चार्ल्सलाई भेट्न  बेलायत प्रस्थान गरेका छन् । आइतबार उत्तर एटलान्टिक सन्धि संगठन नेटो शिखर सम्मेलनका लागि भिल्नियस जानुअघि उनको बेलायत भ्रमण हुन लागेको हो ।

बाइडेन डेलावेयरस्थित डोभर एयर फोर्स आधार शिविरबाट प्रस्थान गरी आइतबार राति अमेरिकाको प्रमुख सहयोगी युरोपेली मुलुक बेलायत आइपुग्ने वासिङ्टन स्रोतले बताएको छ ।

चाल्र्स तृतीयको राज्याभिषेकमा उपस्थित नभई अमेरिकी राष्ट्रपतिले प्रथम महिला जिल बाइडेनलाई पठाएका थिए । चार्ल्सको राज्याभिषेकपछि उनीहरूबीच पहिलो पटक सोमबार भेटवार्ता हुनेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->