पब्जीबाटै प्रेम : नेपाल हुँदै प्रेमीसँग विवाह गर्न भारत पुगिन् पाकिस्तानी महिला

काठमाडौँ । पाकिस्तानबाट नेपाल हुँदै भागेकी पाकिस्तानी नागरिक सीमा हैदरलाई भेट्न पाकिस्तानले कन्सुलर पहुँच मागेको छ ।

सीमा गुलाम हैदर आफ्ना प्रेमी सचिन मीनालाई भेट्न नेपाल हुँदै चार सन्तानसहित अवैध रूपमा भारत पुगेकी थिइन् ।

भारतमा प्रहरीले उनलाई पक्राउ गरी जेल पठाएको थियो । सीमा र उनको पति सचिन मीणाले शुक्रबार जमानत पाएका छन् ।

उता दुबईमा बस्ने सीमाका पाकिस्तानी श्रीमान् गुलाम हैदरले आफ्नी श्रीमती र छोराछोरीलाई फिर्ता ल्याउन पाकिस्तान सरकारसँग अपिल गरेका छन् ।

एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->