प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक आगामी शुक्रबार बस्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिने समझदारी बनेसँगै एमालेबाट जारी अवरोध हटेको थियो ।

अवरोध हटेसँगै प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण दिएसँगै सभामुखले बैठक असार २९ गते शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा गरे ।

सोमबारको बैठकमा कार्यसूचीमा रहेका दुईदेखि पाँचसम्मका एजेन्डा सूचीमा हटाएर पूर्वसांसद लालकाजी गुरुङ्को शोक प्रस्ताव पारित गर्दै बैठक स्थगन भएको हो ।

अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->