काठमाडौं । ‘पशुपतिप्रसाद २ भष्मे डन’लाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले विश्वव्यापी रिलिज गर्ने भएको छ । निर्माण कम्पनी टुकी आर्ट्स र सेभेन सिजका प्रतिनिधिबीच सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापछि टुकी आर्ट्सले प्रेस वक्तव्य जारी गर्दै ‘भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुने जनाएको छ ।
‘यो कुराले समग्र नेपाली फिल्म उद्योगलाई नै माथि उठाउन राम्रो भूमिका खेल्ने कुरामा दुईमत छैन,’ वक्तव्यमा उल्लेख छ ।
सम्झौताअनुसार सेभेन सिजले अमेरिकी चेनहरु रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिससहित केही स्वतन्त्र सिनेमा घरमा प्रदर्शन हुने जनाएको छ । अमेरिकामा मात्र १२ सय शो हुने उल्लेख छ । क्यानडामा १५० शो हुने जनाइएको छ ।
