पोखरा । लामो समय अमेरिकामा बिताएका अभिनेता सरोज खनाल नेपाल फर्किएसँगै फेरि फिल्ममै सक्रिय हुन थाले ।
उनी नेपाल आएर ‘नाइँ नभन्नू ल‘’ सँगै नेपाली सिनेजगतमा ‘कमब्याक’ गरेका थिए ।
एक समय नेपाली सिनेजगतमा राम्रैसँग राज गरेका उनी अमेरिका पलायन भएसँगै सुस्ताएका थिए ।
लामो समयपछि नेपाली सिनेजगतमै फर्किएका उनी अहिले फेरि निर्देशकका रुपमा डेब्यु गर्दैछन् ।
उनको निर्देशनमा रहेको बगान असार २९ गतेदेखि हलमा प्रदर्शन हुन लागेको छ ।
समकालीन कलाकार करिश्मा मानन्धर, बसन्धारा भुसाल, मिथिला शर्मासहित पछिल्लो पुस्ताका कलाकार आकाश श्रेष्ठ, प्रमिला कार्कीलगायतलाई लिएर कुनैबेलाका सफल अभिनेता खनालले पहिलोपल्ट आफ्नो निर्देशकीय क्षमता अज्माउन लागेका हुन् ।
