काठमाडौं । बर्सेनि अघिल्ला र वर्तमान मिस नेपालहरु भेला भएर गेट-टुगेदर गर्ने गरेका छन् ।

एक किसिमले यो अहिले परम्परा नै बनिसकेको छ । साताअघि मिस नेपाल इन्टरनेसनल र अर्थले पनि यस्तै गेट(टुगेदर गरे । पछिल्लो साता मिस नेपाल वर्ल्डका सुन्दरी भेला भए ।

पूर्वमिस नेपाल वर्ल्डको क्लब समेत मानिने यो प्लेटफर्ममा यसपटक दुई सुन्दरीलाई स्वागत गरियो ।
मिस नेपाल २०२२ प्रियंकारानी जोशीलाई क्लबमा स्वागत गरियो भने मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधानलाई क्राउनको लागि बधाई दिइयो ।

