काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

काठमाडौं । काठमाडौंमा सन्चालित साना व्यापारी र व्यवसायीहरुले गरीखाने वातावरण बनाइदिन माग गर्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

बिहान सुन्धारास्थित महानगर कार्यालय अगाडि भेला भएकाहरुले गरीखान देऊ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

मेयर बालेन शाहको निर्देशनमा नगरप्रहरीहरु ठेलागाढा, साइकल र पुटपाथमा व्यापार गर्नेहरुविरुद्ध निर्मम ढंगले प्रस्तुत हुँदै आएका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिने नाममा नगरप्रहरीहरुले लछारपछार गर्ने र सामानमा क्षति पुर्याइदिने गरेको गुनासो व्यापारीहरुको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->