काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको निधन प्रति बालेन्द्र शाहले समवेदना प्रकट गरेका छन् ।
सामाजिक संजालमा उनले व्यक्त शोक गरेका हुन् । उनले लेखेका छन् ‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पिडा प्रति हार्दिक समवेदना प्रकट गर्दछु, सम्माननिय प्रधानमन्त्री समेत रहनु भएका तपाईका पिताले सहयात्री जिवन संगी गुमाउनु भएको अवस्थामा तपाईले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना व्यक्त गर्दछु’ ।
साथै ‘स्वर्गीय सीता दाहाल प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु’ । यसै क्रममा दाहालको राजकीय सम्मानका साथ बुधवार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।
