भुवन केसीले हारे साम्राज्ञी शाहविरुद्धको मुद्दा

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दा अभिनेता भुवन केसीले हारेका छन् ।

केसीले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध दिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो ।

तीन वर्षअघि भुवन र साम्राज्ञीबीच सामाजिक सञ्जाल र सञ्जार माध्यममा आरोप प्रत्यारोप चलेको थियो । साम्राज्ञीले भुवनले आफूलाई शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । भुवनले पनि साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोश पोखेका थिए ।

बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिज्मको बहसमा साम्राज्ञी र भुवनको यस्तो विवाद चर्किएको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->