सातौं प्रधानमन्त्री कप एपीएफलाई हराउँदै टिपटप हेल्प नेपाल फाइनल नजिक

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा एपीएफलाई हराउँदै टिपटप हेल्प नेपाल फाइनल नजिक पुगेको छ ।

एपिएफलाई ३–२को सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट जितेको टिपटपले दोस्रो र तेस्रो सेट हार्न पुग्यो । पाँचौं तथा निर्णायक सेटमा एपीएफ म्याच प्वाइन्टमा पुग्दा १४–११ को अवस्था थियो । उक्त अवस्थाबाट खेलमा फर्केको हेल्प नेपालले लगातार पाँच अंक जोड्दै जित हात पारेको हो ।

हेल्प नेपालले अन्तिम खेल शुक्रबार आर्मीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा हेल्प नेपालले शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->