काठमाडौं । रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका अभिनेता सारुक ताम्राकारको मृत्युको कारणबारे कलाकारहरुले प्रश्न उठाएका छन् ।
बिहीबार राति ११ बजे घरको भर्याङमा ताम्राकार झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको आत्महत्याको कारण नखुलेपछि २०११ की मिस नेपाल मलिना जोशीले ‘के कारण उनले आत्महत्या रु’ गरेका हुन् भन्दै केही प्रश्नहरु उठाएकी छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै उनले सोधकी छन्, ‘अन्तिम दिनहरुमा उनीसँग कोको थिए रु उनीसँग भएको अन्तिम संवादको कुराकानी के थियो रु उनको शवमा अन्तिम औंला कसको थियो रु उसले अन्तिम पटक कसलाई सम्पर्क गरेको थियो रु’
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार, घटनास्थलबाट सुसाइड नोट वा उनको कुनै संकेत फेला परेको छैन ।
मृत्यु शंकास्पद देखिएपछि अनुसन्धान समेत प्रहरी वृत्त, मालिगाउँले मात्रै गरिरहेको छ । यद्यपि, घटनाको कारण पत्ता लगाउन प्रहरीले ताम्राकारको मोबाइललाई डिजिटल फरेन्सिक ल्याब (डीएफएल) पठाएको छ ।
अन्य विभिन्न पाटोबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
