महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा सुरु,रेल हेर्न स्थानीयको घुँइचो

जनकपकुरधाम । महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा सुरु भएको छ ।

भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको छ ।

नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो ।

यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचालन हुँदै आएको थियो ।

थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो ।

रेल हेर्न भंगाहामा स्थानीय बासिन्दाको घुँइचो लागेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->