राष्ट्रपति समक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रस्तुत गरेका छन् ।

उनले आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

२०७९ असार मसान्तसममका अदालती कामकारबाहीका विवरण समेटिएको प्रतिवेदन ढिलो गरी राष्ट्रपति समक्ष पेश भएको हो ।

प्रतिवेदन बुझाउन प्रधानन्यायाधीश कार्कीका साथै सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मुख्यरजिष्ट्रार लालबहादुर कुँवर लगायत सर्वोच्च अदालतका बरिष्ठ अधिकारीहरु उपस्थित थिए भने राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवर, राष्ट्रपति कार्यालयका सचिव लगायतको उपस्थिती थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->