काठमाडौंको फोहोर व्यवस्थापनमा पुन अवरोध

काठमाडौं । नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापनमा पुन रोक लगाएका छन् ।

यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापन गर्न रोक लगाएका हुन् ।
आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडीहरु स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बीचमा रोकिएका थिए ।

फोहोर बोकेका करिब ५० वटा गाडी स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका ल्याण्डफिल्ड साइट इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिए ।

स्थानीयले सहमतिका नाममा आफूहरुलाई पटक(पटक झुक्याइएको आरोप लगाएका छन् ।

सरकारले यसअघि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर गल्ने फोहोर मात्र व्यवस्थापन गर्नेलगायतका सहमति ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दासँग गरेको थियो । तर अहिले महानगरले वर्गीकरणविना फोहोर संकलन गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->