काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, जापानको चुनावी चहलपहल सुरु भएको छ । आगामी जुलाई २९ तारिखमा हुने ११औं महाधिवेशनका लागि चहलपहल सुरु भएको हो ।
जापानमा रहेका प्रवासी नेपाली पनि नयाँ नेतृत्व छनोट गर्न उत्साहित छन् । चुनावी मिति नजिकिएसँगै अध्यक्ष पदका प्रत्यासी आफ्ना एजेन्डा मतदातामाझ पुर्याउन जुटेका छन् ।
आगामी कार्यकालका लागि अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष नवीन निउरे, महिला उपाध्यक्ष संगीता अधिकारी सुवेदी, अर्का उपाध्यक्ष रामकृष्ण श्रेष्ठ र राजकुमार अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।
चारै जनाले नेतृत्वमा पुग्ने लक्ष्यका साथ घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । यससँगै यसपटक एनसीसी (राष्ट्रिय समन्वय परिषद्) जापानले सर्वसम्मत नेतृत्व पाउने सम्भावना न्यून देखिएको छ ।
