काठमाडौं । प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा लगेर विसर्जन गर्न सुरू गरिएको छ । शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १ सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् । फोहोर बोकेर गएका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजेपनि प्रहरीले बल प्रयोग गरेर भीड पन्छाएको थियो ।
घिमिरेका अनुसार अहिले करिब १२० वटा फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा पुगेका छन् ।
स्थानीयहरूले १ साउनदेखि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जन गर्न अवरोध गर्दै आइरहेका थिए ।
स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेका कुनै पनि ल्यान्डफिल्ड साइट जान सकेका थिएनन् ।
बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन १ साउनदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए । २ साउनमा गएको ३० वटा फोहोर बोकेका गाडी बाटोबाटै फर्केको पछि फोहोर बोकेको गाडी काठमाडौंबाट जानै रोकिएको थियो ।
तर बिहीबार क्यापिङ गर्न माटो लिएर २० वटा ट्रक बञ्चरेडाँडा जाँदा अवरोध भएको थिएन । तर, फोहोर बोकेर जाने गाडीलाई स्थानीयले अवरोध गर्ने सूचना आएपछि शहरी विकास मन्त्रालयले शुक्रबार प्रहरीको सुरक्षाासहित फोहोरका गाडी बञ्चरेडाँडामा पठाएको हो ।
