सुनसरीको सेउती खोला नजिकै जंगलमा गोली प्रहार, १ जना घाइते

विराटनगर । सुनसरीको सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको छ ।

मुलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीमाथि गोली प्रहार भएको हो ।

धरान-इटहरी रोडमा पर्ने जंगलको सेउती पुल नजिकै गोली प्रहार गरि लुटपाट भएको प्रहरी जनाएको छ ।

चौधरीले साथमा रहेको मोबाइल र पैसा लुटिएको छ ।  चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ ।

सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घटनाको अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->