धरान -इटहरी सडक खण्डअन्तर्गत सेउती पुलमा गोली हानेर एक जनाको हत्या भएको छ ।
धनकुटाको मूलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीमाथि हतियारधारी समूहले गोली हानी लुटपाट गरेको हो ।
गोली प्रहार गरी लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लागेको प्रहरी स्रोतले बताएको छ ।
गोली लागेर गम्भीर घाइते भएका चौधरीको बीपी प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
