काठमाडौं । मिस नेपाल नर्थ अमेरिका – २०२३ को उपाधि जुवली शेर्पाले जितेकी छन् ।
नेपाली समयानुसार आइतबार बिहान अमेरिकाको न्युयोर्कमा आयोजित समारोहमा उनले १७ प्रतिस्पर्धीलाई पछि पारिन् ।
रजिना बाँस्तोला पहिलो उपविजेता र ईशा सुवेदी द्वतीय उपविजेता घोषित भए । यो प्रतियोगितामा अमेरिका र क्यानडामा बसोबास गर्दै आएका सुन्दरीले सहभागिता जनाएका थिए ।
न्युयोर्कको प्रसिद्ध मेलरोज बलरुममा आयोजित फिनालेमा नेपाली सेलिब्रिटीको पनि उपस्थिति थियो ।
‘अर्को पुस्तालाई सशक्तीकरण गर्न नेपाली महिलाको सशक्तीकरण’ नारा दिइएको कार्यक्रमलाई ड्रिम्स युनिभर्सल एलएलसीले आयोजना गरेको हो ।
