सामान्य प्रशासनले लोकसेवा पढाउने ५० भन्दा बढी कर्मचारीसँग माग्यो स्पष्टीकरण

काठमाडौं । संघीय मामिला तथा सामान्य मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने ६० भन्दा बढी निजामती कर्मचारीहरुलाई स्पष्टीकरण सोधेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनका आधारमा मन्त्रालयले कर्मचारीहरुलाई पत्र काटेर विवरण मागेको हो ।

कर्मचारीहरु कार्यालय समयमा तयारी कक्षा पढाउन गएको र त्यसले सेवा प्रवाहमा असर परेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीका आधारमा ‘यथार्थ छानबिन गर्नू’ भनी मन्त्रालयमा पत्र पठाइएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजधानीका विभिन्न इष्टिच्युटहरुमा पढाउने ५० जनाभन्दा बढी कर्मचारीलाई पत्र काटेर त्यसबारे सोधेको हो ।

राजधानीमा लोकसेवा आयोगको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई तयारी कक्षा पढाउने व्यवसाय फस्टाउदो छ । लोकसेवाका साथसाथै शिक्षक सेवा, सरकारी बैंक, संस्थानहरु तथा सेना र प्रहरीसेवामा प्रवेश गर्नका लागि समेत तयारी कक्षा सञ्चालन गर्ने व्यवसाय बढ्दो छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->