काठमाडौं । बागमती प्रदेशले बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटेको छ । ११ जेठमा बागमती प्रदेशले भाडादर समायोजन गरेको थयो । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गर्न लागेको हो ।
मन्त्रालयको अनुसार बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन ट्रक मा ३ दशमलव १ प्रतिशत र सिटी बसहरुमा ३ दशमलव २६ प्रतिशतले भाडा घटाईएको छ ।
काठमाडौं उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने वित्तिकै सार्वजनिक यातायात ट्याक्सी बाहेक० ले १९ रुपैयाँ भाडा लिने गर्थ्यो । बिहीबारदेखि भने १ रुपैयाँ घटेर चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा कायम छ । यस्तै उपत्यकामा ५ देखि १० किलोमिटर दुरीको भाडा २५ रुपैयाँ थियो भने बिहीबारदेखि २४ रुपैयाँ कायम भएको छ ।
