काठमाडौं । सन् २०१६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने भएको छ ।
बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको प्रारम्भिक चरणको ड्र मा नेपालले लाओसलाई प्रतिद्वन्द्वी पाएको हो ।
विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा तल्लो वरीयताको २० टिमलाई दुई पटमा विभाजन गरिएको थियो ।
यस्तो छ प्रारम्भिक चरण खेल तालिका :
अफगानिस्तान विरुद्ध मंगोलिया
माल्दिभ्स विरुद्ध बंगलादेश
सिंगापुर विरुद्ध ग्वाम
यमन विरुद्ध श्रीलंका
म्यानमार विरुद्ध मकाउ
कम्बोडिया विरुद्ध पाकिस्तान
चाइनिज ताइपेइ विरुद्ध टिमोर लिस्टे
इन्डोनेसिया विरुद्ध ब्रुनाई
हङकङ विरुद्ध भुटान
नेपाल विरुद्ध लाओस
