काठमाडौं । कोरियामा नेपाली श्रमिकका लागि नयाँ रोजगारीको ढोका खुलेको छ । यसअघि कृषि तथा पशुपन्छी र उत्पादनमूलक क्षेत्रका लागि मात्र नेपाली कामदार लिइरहेको कोरियाले अब पानीजहाज निर्माण कम्पनीमा कामदारका रुपमा समेत नेपाली कामदार माग गर्न थालेको छ ।
सोही अनुसार उम्मेदवारको छनोट गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन खुलाएको छ ।
मन्त्रालयका उपसचिव पुष्पराज कटुवालका अनुसार यो क्षेत्र नेपालीका लागि नयाँ अवसर हो । यसअघि यसै वर्ष उत्पादनमूलक क्षेत्रबाटै केही कामदारको छुट्टै रोष्टर बनाएर पानीजहाज निर्माण कम्पनीका लागि ८९२ जनाको सूची पठाइएको थियो । त्यसमध्ये २३८ जना कामदार छनोट समेत भइसकेका छन् ।
