पाकिस्तानमा शक्तिशाली बम विस्फोट हुदाँ ३९ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लामा शक्तिशाली बम विस्फोट भएको छ । एक कट्टरपन्थी इस्लामिक जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३९ जनाको मृत्यु भएको छ, भने दर्जनौँ घाइते भएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा उक्त पार्टीको स्थानीय एक नेताको पनि मृत्यु भएको छ ।यस पहिले प्रहरीले दिएको प्रारम्भिक जानकारीमा विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका उल्लेख गरिएको थियो ।

खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरले भने, “विस्फोटपछि अस्पतालमा लगिएका मध्ये ३९ जनाको मृत्यु भइसकेको छ भने १२३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->