बाँदरका कारण बालीनालीमा पुगेको क्षतिपूर्ति अब सरकारले बेहोर्ने, निवेदन यसरी पेस गर्न सकिन्छ

काठमाडौं । सरकारले बाँदरका कारण बालीनालीमा पुगेको क्षतिपूर्ति दिने भएको छ । सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार र वृद्धि गर्दै नयाँ निर्देशिका ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’ कार्यान्वयनमा ल्याएको हो ।

१ साउनदेखि कार्यान्वयनमा आएको यो निर्देशिकाअनुसार अब बाँदर र नीलगाईका कारण समेत बालीमा क्षति पुगे राहत दिने प्रावधान ल्याइएको छ ।

यसअघि १४ वटा जंगली जनावरका कारण मानवीय, संरचना तथा बालीमा क्षति भए राहत दिने प्रावधान रहेको थियो । अब यसलाई विस्तार गर्दै १६ वटा जनावर पुर्‍याइएको हो ।

बालीमा क्षति पुर्‍याउँदा क्षतिपूर्ति दाबी गर्न पाइने जनावरको संख्या यसअघि ५ वटा रहेकोमा अब ७ पुर्‍याइएको छ । यसपटक बाँदर र नीलगाई पनि त्यो सूचीमा थपिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्की देशैभर बाँदरका कारण बालीनालीमा क्षति पुग्दा कृषक पीडित बनेको गुनासोका आधारमा क्षतिपूर्ति हुने व्यवस्था गरिएको बताउँछन् ।

कसरी दिने निवेदन ?

निर्देशिका अनुसार वन्यजन्तुबाट भएको क्षतिको राहतका लागि राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा माध्यवर्ती क्षेत्रको हकमा सम्बन्धित कार्यालय र अन्य क्षेत्रको हकमा डिभिजन वन कार्यालयमा निवेदन दिन सकिन्छ ।

निवेदनबारे मूल्याङ्‍कन गरी एक महिनाभित्र सम्भव भएसम्म बैंकमार्फत नै राहत रकम उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ ।

क्षति राहतको विवरण क्षेत्रः

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->