काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले करारमा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी नगर्न आग्रह गरेको छ ।
उसले त्रिविमा आवश्यक शिक्षक र कर्मचारी सेवा आयोगमार्फत नै पदपूर्ति गर्नुपर्ने बताएको छ ।
स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै सेवा आयोगमा पदाधिकारी नभएका बेला करार कर्मचारी र शिक्षकलाई आन्तरिक मूल्यांकनका नाममा स्थायी गर्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएका छन् । यस्ता क्रियाकलापले त्रिविको शैक्षिक गुणस्तर र छविमा ह्रास आउने स्ववियुले विज्ञप्तिमा उल्लेख गरेको छ ।
