काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सवारी साधनहरुको दुरुपयोग रोक्न मातहतका विभाग र कार्यालयहरुलाई परिपत्र गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका सवारीहरूको अद्यावधिक विवरण तयार गर्न र प्रभावकारी व्यवस्थापन एवम् खर्च नियन्त्रणका लागि विभिन्न निर्णय गरेका छन् ।
तर, सञ्चालक समिति सदस्यहरुलाई अनियमित रुपमा दिइरहेको सवारी सुविधा भने खोस्न प्राधिकरण व्यवस्थापनले रुचि देखाएको छैन ।
कार्यकारी निर्देशक घिसिङले सवारी सुविधा लिइरहेकाहरुलाई मितव्यायी बनाउन विभिन्न निर्णय गरेपनि सञ्चालकहरुबाट गाडी फिर्ता लिनेबारे निर्णय गरेको ब्यहोरा प्राधिकरणको परिपत्रमा उल्लेख छैन ।
