काठमाडौँ । भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका ११ जना नेपालीको परिचय खुलेको छ ।
जुम्लाको पातारासी गाउँपालिका–३ चौर गाउँका एकै परिवारका ७ जना सहित ११ जनाको परिचय खुलेको हो ।
बेपत्ता भएका व्यक्तिहरूमध्ये जुम्ला पातारासी गाउँपालिका–२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी सोही गाउँका ३० वर्षीय अमर बोहरा, उनकी श्रीमती अनिता बोहरा, छोरीहरू सलिता बोहरा ११ वर्षीया‚ पिंकी बोहरा ९ वर्षीया, प्रीति बोहरा ७ वर्षीया, छोराहरू जटिल बोहरा ४ वर्षीय र ओकिल बोहरा २ वर्षीय छन्।
बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शनिवार पहिचान खुलेको थियो । बेपत्ताहरुको खोजी भइरहेको छ ।
