काठमाडौं । काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । आगलागी निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिकालगायतका दमकल पुगेका छन् ।
भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए । उनका अनुसार बिहीबार राति कपडा र भाँडाकुँडा राखिएको ठाउँमा आगलागी भएको हो ।दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
