बर्नलीको मैदान टर्फ मुरमा भएको खेलमा हालान्डले खेलको चौथो मिनेटमै रोड्रीको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै हालान्डले ३६औं मिनेटमा जुलियन अल्भारेजको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।
सिटीका लागि तेस्रो गोल ७५औं मिनेटमा रोड्रीले गरे । बर्नलीका अनास जाराउरीले इन्जुरी टाइममा रातो कार्ड पाएका थिए । प्रिमियर लिगमा शनिबार ६ खेल हुँदैछ ।
