काठमाडौँ। विगत लामो समयदेखि युवा मोडल तथा कलाकारको रुपमा स्थापित दामोदर भट्ट कार्यक्रम प्रस्तोताको रुपमा युनिर्भसल.एच.डी टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा देखिन थालेका छन् । उनले विगत केही समय देखि युनिर्भसल टेलिभिजनमा अन्र्तबाता फरक प्रसंग चलाउँदै आएका छन् ।
संघर्षरत प्रस्तोता भट्टले गोरखापत्र संस्थान धर्मपथ काठमाडौँमा झण्डै ४ वर्ष भन्दा बढि समय व्यापार शाखामा खर्चिएको उनी बताउँछन् । उनले कलाकारको भुमिका निभाउँदै केहि समय मेगा टेलिभिजनमा काम गरेको उनको अनुभव छ ।
हाल उनी नेपालको अर्थतन्त्र सँग जोडीदै आर्थिक कार्यक्रम संचालक को रुपमा काम गर्दै अली फराकिलो रुपमा युनिभर्सल एच.डि टेलिभिजन को अन्तर्वाता कार्यक्रम “फरक प्रसँग” मा दमदार रुपमा देखिएका हुन् ।
पछिल्लो समय कार्यकारी अधिकृत दामोदर भट्टले काठमाण्डौ चन्द्रागिरी मा सन्चालित चन्द्रागिरी को खुल्ला आकाश मा चलिरहेको केबलकार भित्र अन्तर्वाता लिएर फरक तरिकाले आफुलाई मिडिया कर्मी को ब्याक्तित्व मा आफुलाई पहिचान दिएका छन्।
उक्त कार्यक्रम फरक प्रसँगमा अतिथी को रुप मा चन्द्रागिरी हिल्स लि. का जनरल म्यानेजर संजिब थापा र सेल्स एण्ड मार्केटिङ हेड प्रभाकर खड्का रहेका थिए साथै सोही केबलकारमा युनिभर्सल एच. डि.टेलिभिजनका प्रबन्ध निर्देशक जानुका पौडेल र समाचार वाचिका निशा मोक्तान पनि साथै थिइन् । यो कार्यक्रम ले नेपालको मीडिया क्षेत्रमा फरक प्रस्तुति तथा पर्यटन जगत लाई नै ठुलो सहयोग पुर्याउने छ ।
