एमाले निकट राष्ट्रिय युवा संघमा विवाद, वडा अध्यक्ष माथि कुटपिट

कैलाली। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपरमा विवाद उत्पन्न हुदाँ भिमदत नगरपालिका १८ का एक वडा अध्यक्ष रविन्द्र देवकोटा माथि शनिवार कुटपिट भएको छ ।

सामान्यतया राष्ट्रिय युवा सघंको १० औँ जिल्ला अधिबेशनमा नयाँ कमिटी गठनलाई लिएर विवाद सुरु भएको थियो । उतm नेकपा एमाले पोलिटव्युरो सदस्य तथा युवा फाँट ईन्चार्ज महेश बस्नेत घोषणा गरेको युवा संघको नयाँ कमिटीको काउण्टरमा समानान्तर कमिटी गठन गरिएको थियो ।

तर यता बस्नेत सहभागी अधिबेसनको बन्द सत्रले दिनेश विष्टको अध्यक्षतामा ४५ सदस्यीय कमिटी घोषणा गरेको थियो । यहि क्रममा उक्त घटना घटेको देख्न सकिन्छ, जिल्ला प्रहरी कार्यलय कन्चनपुरका एसपी कमल थापाका अनुसार राष्ट्रीय युवा संघ नेपालको आन्तरिक किचलोका कारण उनीमाथि कुटपिट भएको भनाई छ ।

कुटिएका देवकोटाको टाउकोमा चोट लागेको छ । एसपी थापाका अनुसार अहिले देवकोटाको पक्षबाट ८ जना विरुद्ध उजुरी आएको र खोजीकार्य जारी रहेको बताईएको छ । हाल देवकोटाको धनगढी स्थित माया मेट्रो अस्पतामा उपचार भईरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->