अर्घाखाँची । अर्घाखाँची अस्पताल सन्धिखर्कमा पछिल्लो समय भाइरल ज्वरोका बिरामी बढेका छन् । बिगत दुइ साता देखि अर्घाखाँची जिल्ला अस्पताल,तथा सरकारी निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरो र स्क्रब टाइफाइसका बिरामी बढेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए ।

उनका अनुसार ओपिडीमा दैनिक डेढ सय बिरामी आउने गरेकोमा अहिले बढेर साढे तीन सय पुगेकोे छ । अहिले डेंगीका बिरामी पनि देखा परेका छन् । साउन महिनामा मात्र जिल्लाभरमा ३५ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ । जसमा १५ जना लाई अस्पतालमा परिक्षण गर्दा पुष्टि भएको डा तिवारीको भनाई छ ।

स्क्रब टाइफाइडका बिरामी पनि बढेका छन् । गत साल स्क्रब टाइफाइसका कराण अर्घाखाँचीमा २ जनाको ज्यान गएको थियो । अहिले जिल्लामा त्यस्ता खालका बिरामी पनि देखिएको अस्पतालका प्रमुख डाक्टर तिवारीको भनाई छ । सामान्य ज्वरो देखिएपनि जचाउन र समयमै उपचार गर्न अस्पतालले सबैलाई आग्रह गरेको छ ।

रुघाखोकी जस्तो सामान्य देखिएपनि डेंगी र स्क्रब टाइफाइस समेत हुने भएकाले सचेत हुन पर्ने स्वास्थ्यकर्मीको भनाइ छ । पछिल्लो समयमा अर्घाखाँची अस्पतालमा आखाका बिरामी अर्थात कन्जेक्टिभ भाइरसका बिरामीहरु देखा परेका छन् । अस्पतालको आखा उपचारक कक्षमा आँखाका बिरामीको चेक जाँच गर्दा दैनिक २५ देखि ३० जना आखाका बिरामी अर्थात कन्जेक्टिभ भाइर
