काठमाडौं । मलेसियामा आजदेखि सुरु हुने चार देशीय महिला टी २० क्रिकेट सिरिजमा नेपालले हङकङसँग खेल्दैछ ।
नेपाल र हङकङबीचको खेल बायुमास ओभलमा हुनेछ । खेल स्थानीय समय अनुसार आज दिउँसो २ बजे सुरु हुनेछ ।
त्यसअघि पहिलो खेलमा घरेलु टोली मलेसियाले कुवेतसँग खेल्नेछ ।
यही अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी(२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप चारदेशीय टी-२० सिरिज खेल्न लागिएको हो ।
