काठमाडौं । कीर्तिपुरको थापागाउँ स्थित चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
कुखुरा पालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको र उनको अवस्था सामान्य रहेको कीर्तिपुर नगरपालिका वडानम्बर ४ का अध्यक्ष दिनेशचन्द्र दाहालले जानकारी दिए ।
चितुवा कुखुरा पालन गर्ने खोरभित्र थुनिएको छ । उक्त चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ जाँदै छ ।
वन अधिकृत अशोक पराजुलीले डार्टसहितको टोली कीर्तिपुर मुभ भइसकेको जानकारी दिए ।
