काठमाडौं । एसिया कपमा नेपालले भारतविरुद्ध २०० रन पूरा गरेको छ ।
श्रीलंकाको पल्लाकाले स्टुडियममा जारी एसिया कपमा भारतविरुद्ध ४३।३ ओभरमा २०० रन पूरा गर्दा ओपनर आसिफ शेखले अर्ध शतक बनाएका छन् ।
शेखले आठ चौकाको मद्दतमा ५८ रन जोडेर आउट भए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्रसिं ऐरी २९ र गुल्शन झा २३ रन बनाएर आउट भए ।
भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए ।
